मुख्यमन्त्री पौडेलविरुद्धको अविश्‍वास प्रस्ताव प्रदेशसभामा पेस

Dormani_Paudel
फाइल फोटो
  • 51
    Shares
लोकपाटी न्यूज

हेटौंडा। वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ। पुस १० गते नेकपाका ४५ जना सांसदहरुले प्रदेशसभामा दर्ता गराएको अविश्वासको प्रस्ताव शुक्रबार दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकमा पेस भएको हो।

सभामुख सानुकुमार श्रेष्ठले सांसद अरुण नेपाललाई मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव सदनमा पेस गर्न अनुमति दिएका थिए। अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस गर्दै नेपालले मुख्यमन्त्री पौडेलले तीन वर्षको अवधिमा प्रदेशलाई स्थापित गर्नबाट चुकेको, कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको र प्रदेशप्रति जनताको विश्वास कमजोर बन्दै गएको कारण अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए।

उनले सदनमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको समेत बताएका थिए। उक्त प्रस्ताव पेस भएसँगै प्रदेशसभाको बैठक सभामुख श्रेष्ठले स्थगित गरेका थिए। प्रदेशसभाको अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्