काठमाडौं। नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको छ। पार्टीका नेता–कार्यकर्ता उपत्यकाका विभिन्न ९ स्थानमा जम्मा भएर जुलुस निकालेका छन्।
सर्बै यालीका सहभागीहरू नगर परिक्रमा गर्दै भृकुटीमण्डपमा भेला भएपछि विरोधसभा गर्ने तयारी रहेको छ। नेकपाले शुक्रबारको विरोधसभाका लागि निर्देशिका जारी गर्दै निर्धारित नाराहरू मात्र लगाउन कार्यकर्तालाई आग्रह गरेको थियो।
माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र कलेजबाट निकालिएका जुलुसलाई विभिन्न नेताले नेतृत्व गरेका छन्।
विरोधसभामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतले सम्बोधन गर्दै छन्।