केपी शर्मा ओली कम्युनिस्ट पार्टीका भगौडा हुन् : झलनाथ खनाल

Jhalanath_Khanal
  • 108
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट पार्टीका भगौडा भएको बताएका छन्। नेता खनालले प्रतिगमनकारी कदम सच्याउन आम नेपाली सडकमा उत्रिएको बताए।

नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले नेपाली जनताले सडक आन्दोलनबाट ल्याएको लोकतान्त्रिक गणतन्त्र र संविधानसभाबाट निर्माण गरिएको संविधानको रक्षा र कार्यान्वयन गर्न सडकमा उत्रनुपर्ने बाध्यता आएको बताएका हुन्।

‘क्रान्ति र प्रतिकान्तिका अनेकन घुम्ती पार गरेर जनताका मुद्धालाई कार्यान्वयन गर्न आएको पार्टी कहिल्यै पनि प्रतिगमनकारी कदमलाई स्वीकार गर्न सक्दैन,’ खनालले भने। उनले ७ दशक लामो कम्युनिस्ट आन्दोलन कहिल्यै नझुक्ने बताउँदै केपी ओली कम्युनिस्ट पार्टीका भगौडा भएको बताए।

प्रतिकदमकारी कदम चाल्ने केपी ओलीले आफ्नो कदमलाई राजनीतिक कदम भने पनि त्यो प्रतिगमनकारी कदम रहेको बताए। प्रधानमन्त्रीले सँधै संविधानअनुसार चल्नुपर्ने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्