केही महिनामै कोभिड-१९ परास्त अभियानको सुरुवात गर्छौं : प्रधानमन्त्री ओली

KP_Oli
  • 5
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिनाभित्रै कोरोनालाई पराजित गरिने बताएका छन्। १४ माघबाट खोप अभियान सुरु गरेर कोभिड परास्त अभियानको सुरुवात गरिने बताएका हुन्।

सशस्त्र प्रहरी बलको २०औँ स्थापना दिवसको अवसरमा हल्चोकमा आयोजित कार्यक्रममा उनले कोभिड– १९ लाई पराजित गर्ने बिन्दुमा नेपाल पुगेको, तर अझै केही समय सतर्कता र सावधानी अपनाउनु पर्ने बताए।

भारतबाट ल्याइएको १० लाख खोप चार लाख ३० हजारलाई लगाइने र त्यो अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ। ओलीले चुनावको तयारीमा लाग्न समेत निर्देशन दिए। सशस्त्र प्रहरीलाई स्रोतसाधनमा कमी हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्