काठमाडौं। नेपालमा आज थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ।
त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १९ सय ८६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। त्यस्तै थप ४८० जना कोरोनामुक्त भएका छन भने हालसम्म नेपालमा २ लाख ६३ हजार ३४८ जना कोरोनामुक्त भएका छन्।
त्यस्तै हाल ३६ सय १४ जना आइशोलेशनमा र १५८ जना क्वारेन्टाइनमा छन्। नेपालमा हालसम्म २० लाख ३५ हजार ३०१ वटा पिसिआर गरिएको स्वास्थय मन्त्रालयले जनाएको छ।