संविधान आइसीयुमा छ, ओली हाँस्दै हिँडेका छन्ः प्रचण्ड

Prachanda Photo
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान आईसीयुमा रहेका बेला केपी ओली हाँस्दै हिँडेको आरोप लगाएका छन्। शुक्रबार राजधानीमा आयोजित नेकपाको विरोधसभामा प्रचण्डले संविधानलाई कु गरेर ओलीले मानिस हसाउँदै हिँडेको आरोप लगाएका हुन्।

उनले भनेका छन्, ‘जब घरमा मर्छ। गाउँ टोल नै शोकमग्न हुन्छ। केपी ओलीजी हाँस्दै हिँड्नु हुन्छ। संविधान आइसीयूमा छ। तर, उहाँ हसाउँदै हिँड्नु भएको छ। उल्टो खोपडीको मान्छे।’ प्रचण्डले प्रधानमन्त्री ओलीको सेटिङ असफल हुने बताए। प्रचण्डले भने, ‘केपी र उनी निकटका मान्छेले सेटिङ मिलाइसक्यौं भनिरहेका छन्। तर जनताको तागतले त्यो सेटिङ भत्काएर नयाँ सेटिङ जन्माउँछन् भन्ने विश्वास व्यक्त गर्छु।’

प्रचण्डले देशैभर जनताको सागर देखापरेको बताए। उनले भने, ‘यसले षडयन्त्रकारी सेटिङ सिध्याएर जनताको सेटिङ खडा हुँदैछ।’ आफूले निर्वाचन आयोग र अदालतप्रति भरोसा व्यक्त गरेको प्रचण्डले बताए। उनले भने, ‘ओलीको सनकको भरमा उनको निरंकुशतलाई कसैले पनि साथ दिन्छ भनेर भरोसा गर्दैनौं।’

केपी ओलीले संसद मात्रै नभएर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र पनि विघटन गरेको प्रचण्डले बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्र शान्ति प्रक्रियासँग पनि जोडिएको बताए। ओलीले शान्ति प्रक्रियालाई समेत विघटन गर्न चाहेको प्रचण्डको भनाई छ। उनले भने, ‘त्यसलाई सफल हुन दिइने छैन।’

प्रचण्डले पार्टी एकता हुँदैगर्दा गरेका सम्झौता पूरा खोजे पनि नसकिएको बताए। ‘केपी ओलीले सहमति गर्न चाहेनन्। वाचा पूरा गर्न चाहेनन्,’ उनले भने, ‘त्यसमा म ओलीलाई मात्र दोष दिन चाहन्न। हाम्रो पनि केही कमजोरी छ। यो तीन वर्षमा केपीलाई तह लाउन सकेनौँ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्