ओलीले राष्ट्रपतिलाई आफ्नाे निजी सचिव बनाए : घनश्याम भुसाल

Ghana Shyam Bhusal
  • 2.1K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफनो निजी सचिवालय बनाएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित विरोधसभामा बोल्दै नेता भुसालले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई बन्दक बनाएर आफनो निजी सचिवालय जस्तो बनाएर राखेको बताएका हुन्।

नेता भुसालले प्रधानमन्त्री ओली साइबर स्यालका नेता भएको दावी गरे। यसबाहेक ओलीसँग सेटिङ बाँकी रहेको  उनले बताए।

उनले भने, ‘तपाईंका सेटिङका कारणले अदालतले तपाईंसँग डराएर तपाईंको पक्षमा निर्णय गर्छन् भन्ने सोच्नुभएको छ भने तपाईं हार्नुहुन्छ। सेटिङले काम जासुसी उपन्यासमा मात्रै गर्छ।’

ओली पराजित नभए देशमा लोकतन्त्र पराजित हुने उनको भनाइ थियो। आफूले दुई तिहाई ल्याउने ग्यारेन्टी नभएसम्म ओलीले चुनाव नगराउने दावी उनले गरे। भुसालले भने, ‘चुनावको सपना कसैले देखेका छन् भने गलत हुन्छ। संविधान च्यातेर यो चुनाव हुने वाला छैन। म यो मासलाई अगाडि राखेर भन्छु, दुई तिहाईको ग्यारेन्टी नभएसम्म ओलीले चुनाव गर्दैनन्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्