नयाँ स्वरुपको कोरोना संक्रमण : प्रति एक सयमध्ये १४ जनासम्मको मृत्यु

Corona
  • 10
    Shares
लोकपाटी न्यूज

एजेन्सी। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको नयाँ स्वरुपको भाइरसका कारण मृत्युदर उच्च हुने बताएका छन्। आफ्नो देशमा पहिलो पटक पहिचान गरिएको कोरोनाको नयाँ स्वरुपको भाइरसका कारण मृत्युदर उच्च हुने बताएका हुन्।

उनले बेलायतमा प्रयोगमा आएका खोपको प्रभापकारीता भएपनि नयाँ स्वरुपको भाइरसको संक्रमण दर तीव्र रहेकाले मृत्युदर अझै बढ्नसक्ने चेतावनी दिए।

कोरोनाको नयाँ स्वरुपको भाइसको संक्रमण पहिलो पटक लण्डनमा देखा परेको थियो। दुवै प्रकारका संक्रमणका लागि खोपहरु प्रभावकारी भएपनि नयाँ स्वरुपको भाइरसको संक्रमण दर उच्च रहेकाले सतर्क रहन उनले आग्रहगरेका छन्।

नयाँ स्वरुपको भाइरसको संक्रमणपछि प्रति एक सयमध्ये १४ जनासम्मको मृत्यु हुने गरेको सरकारी अधिकारीहरुले जानकारी दिएको अन्तर्राष्ट्रिष्य सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्