बीपी राजमार्ग अवरूद्ध, अरनिको राजमार्गमा भेटिएको बम डिस्पोज

bomb-blast
  • 13
    Shares
लोकपाटी न्यूज

काठमाडौं। बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको मंगलटारमा विष्फोट भएको छ। शुक्रबार राति मंगलटारमा विष्फोटको ठूलो आवाज आए पनि के पड्किएको हो भन्ने ठम्याउन नसकिएको प्रहरीले जनाएको छ।

बम विस्फोट भएको आशंकापछि बीपी राजमार्गमा सवारी रोकेर अनुसन्धान गरिरहेको बागमती प्रदेश प्रमुख डीआईजी वसन्त लामाले बताए।

यस्तै काभ्रेपलाञ्चोकको बनेपास्थित बुडोलमा राखिएको प्रेसर कुकर बम भने नेपाली सेनाले डिस्पोज गरेको छ। सेनाले बम डिस्पोज गरेसँगै शनिबार बिहान ३ बजेदेखि अवरूद्ध अरनिको राजमार्ग भने सञ्चालनमा आएको काभ्रे प्रहरीले जनाएको छ।

आफ्ना केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको विरोधमा ‘विप्लव’ समूहले आज नेपाल बन्द पनि आह्वान गरेकाले उसैले बम राखेको हुन सक्ने प्रहरीको आँकलन छ। कञ्चनलाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पुस २९ मा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्