काठमाडौं उपत्यकाका यी स्थानमा आज विद्युत कटौती हुने

loadseding
  • 26
    Shares
लोकपाटी न्यूज

काठमाडौं। आज पनि काठमाडौं र भक्तपुरका केही स्थानमा नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती गर्दैछ।

मर्मतको काम गर्नुपर्ने भएकोले महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको बासबारी फिडरमा पर्ने कपनमार्गमा ट्रान्सफरमर मर्मत हुने भएकाले बिहान १० बजेदेखि १२ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ।

उक्त अवधिमा सो वितरण केन्द्र अन्तर्गतका महाराजगञ्ज, कपनमार्ग, पिपलवोट तथा गंगालाल क्षेत्रमा विद्युत कटौती हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्