मोटरसाईकल दुर्घटनामा थापा र जैसवालको मृत्यु

Accident-1
  • 8
    Shares
लोकपाटी न्यूज

पूर्वी नवलपरासी। पूर्वी नवलपरासीको कावासोती-८ खर्कटा जंगलमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

गएराति उत्तरबाट दक्षिण जाँदै गरेको ना २२ प ६५५५ मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको हो।

दुर्घटनामा परी कावासोती-३ निवासी २४ वर्षीय हेमराज थापा र कावासोती-८ निवासी २६ वर्षीय सुनिल जैसवालको मृत्यु भएको हो।

दुर्घटना परी गम्भीर घाईते भएका दुवैजनालाई प्रहरीले उद्धार गरि उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल लगेकोमा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको नवलपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्