उपेन्द्र यादवलाई कार्यक्रम गर्न नदिने चेतावनी !

  • 38
    Shares
लोकपाटी न्यूज

सिरहा। मर्यादाको विषयमा विवाद बढ्दै गएपछि जसपामा शीर्ष नेताबीच तिक्तता झन बढेको छ। राजकिशोर यादव निकट कार्यकर्ताहरु आफ्नो बाहुल्य भएको ठाउँमा यादवलाई कार्यक्रम नै गर्न नदिने चेतावनी दिएका छन्।

राजकिशोर निकट नेता तथा केन्द्रीय सदस्य राहुल यादवले भने, ‘मेरो गृहजिल्ला उदयपुरमा उपेन्द्र यादवलाई कार्यक्रम गर्न दिन्नौँ । हिम्मत छ भने कार्यक्रम गरेर देखाउनुु्।’

आफ्नै गृहजिल्ला सिरहामा उपेन्द्रले राजकिशोरलाई अपमान गरेको बताउँदै भने, ‘यो त अति नै भयो। अब चुप लाग्दैनौँ। ’

माघ ३ गते सिरहामा जसपाले गरेको प्रदर्शनमा राजकिशोरलाई चौथो मर्यादामा राखिएको थियो। जसबाट राजकिशोर आक्रोशित छन्।नागरिकमा खबर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्