महिला लिग फुटबल स्थगित

woman-footal-team
  • 23
    Shares
लोकपाटी न्यूज

काठमाडौं। महिला लिग फुटबल अन्तर्गत जारी खेलहरु मंगलबारसम्मका लागि स्थगित भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला लिग फुटबल अन्तर्गत जारी खेलहरु मंगलबारसम्मका लागि स्थगित गरेको हो।

चार दिनका लागि तय भएका खेलहरु स्थगित भएका र बिहीबारदेखि नियमित तालिकाअनुसार खेल खेलाइने एन्फाले जनाएको छ।

चार दिनको खेल स्थगित भएपछि महिला लिगको तालिका पनि परिवर्तन हुने भएको छ। तालिकाअनुसार आज विभागीय टिम त्रिभुवन आर्मी र वालिङ नगरपालिकाबीचको खेल हुने भनिएको थियो।

यस्तै अर्को खेलमा अर्को विभागीय टिम एपीएफ र विराटनगरबीचको खेल हुने तालिका रहेको थियो। तर आजका लागि तय गरिएका दुवै खेल स्थगित भएका एन्फाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्