कृषि विकास बैंकले माग्यो ठुलो सँख्यामा कर्मचारी

  • 60
    Shares
लोकपाटी न्यूज

काठमाडौं। कृषि विकास बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारी मागेको छ। बैंकले बढुवा, आन्तरिक र खुला गरी कुल ४४६ पदमा जागिर खुलाएको हो। बढुवाका लागि ९० जना, आन्तरिक प्रतिष्प्रदा ३० जना र खुलामा ३२६ जनाका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको छ।

बैंकले विभिन्न पदमा खुलातर्फ १८१ जना, महिलातर्फ ५२, आदिवासी जनजातीतर्फ ३७ जना, मधेसी ३० जना, दलित १३ जना, अपांगतर्फ ६ जना र पिछडिएको क्षेत्रतर्फ ७ जनाका लागि विज्ञापन खुलाएको हो।

बैंकले लेखापालदेखि वरिष्ठ शाखाप्रमुखसम्मका लागि खुला प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएको हो। त्यसैगरी बढुवातर्फ विभागीय प्रमुखमा ३ जना, शाखा प्रमु्खमा ४२ जना, शाखा अधिकृतमा २२ जना र कार्यालय सहायकमा २३ जनाका लागि खुलाएको छ।

त्यस्तै, आन्तरिक प्रतिष्पर्धातर्फ विभागीय प्रमुखमा १ जना, शाखा प्रमुखमा ११ जना, शाखा अधिकृतमा ७ जना र कार्यालय सहायकतर्फ ११ जनाका लागि विज्ञापन खुलाएको छ। इच्छुक आवेदकले माघ ९ गतेदेखि २९ गतेसम्म अनलाइनबाट आवेदन दिन सक्नेछन्।

कर्मचारीको संख्या कम भएकाले नयाँ कर्मचारी भर्ना गर्न लागिएको बैंकको सीइओ अनिल उपाध्यायले जानकारी दिए। ‘दरबन्दी अनुसार पनि बैंकमा कर्मचारी छैनन्, दक्ष जनशिक्तको अभावमा बैंक प्रतिस्पर्धी बन्न सक्दैन र उल्लेख्य प्रगति पनि गर्न सक्दैन,’ सीइओ उपाध्यायले भने, ‘त्यसैले नयाँ कर्मचारी माग गरेका हौं।’

यो बैंक कृषि क्षेत्रको नेतृत्व गर्ने रणनीति अनुसार अघि बढिरहेको छ । सरकारी लगानी रहेकाले यो बैंकको जागिरमा आकर्षण छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्