काठमाडौं। आईपीओ ल्याउने तयारीमा रहेको महिला लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २ दशमलव ५ गुणा वृद्धि भएको हो।
कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू २ करोड ९ लाख ५८ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू। ५ करोड ४३ लाख ७९ हजार पुगेको हो।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफामा वृद्धि भएकाले र रू २ करोड २ लाख ३६ हजारभन्दा बढी खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफामा वृद्धि भएको हो।
कम्पनीले ४ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बार्डमा मंसिर ३ गते निवेदन दिएको छ।
विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड रहेको छ। कम्पनीको चुक्तापूँजी रू ६ करोड रहेको छ। चालू आवको दोस्रो त्रैमासमा कम्पनीले जगेडा कोषमा रू १८ करोड २४ लाख सञ्चित गरेको छ।