ललितपुरका २० भन्दा बढि ठाँउमा आज लोडसेडिङ हुने

लोकपाटी न्यूज

ललितपुर। शनिवार ललितपुरका २०भन्दा बढी स्थानमा विद्युत कटौती हुने भएका छन् । शनिवार १२ बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न फीडरअन्तर्गतका विद्युत रोकिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, चापागाउँ फीडरअन्तर्गत चापागाउँ दोबाटो, साङ्पाङ चोक, ढोलाहिटी, सुनाकोठी, धापाखेल दोबाटो, ठेचो, चापागाउँ, टाखेल, लेले, टिकाभैरव लगायतका स्थानहरूमा विद्युत कटौती हुनेछ ।

यस्तै बागमती फीडरअन्तर्गत सानेपा रामा मन्दिर, गुसिंगाल, एडभान्स कलेज, लीला घर, अमरावती, सानेपा मोड, रेडियन्ट स्कूललगायतका क्षेत्रमा बिहान ११ बजेदेखि बत्ती काटिएको छ । प्राधिकरणले त्यस क्षेत्रमा दिउँसो १ बजेसम्म विद्युत प्रवाह नहुने जनाएको छ ।
यस्तै भरतपुर महानगरपालिकाको वडा नम्बर १६,१७ र १८ का विभिन्न क्षेत्रहरूमा विद्युत प्रवाह बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि रोकिएको छ ।

यस्तो छ तालिका:

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्