प्रेसर कुकर बम फेला

लोकपाटी न्यूज
0 Shares

सिरहाको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा प्रेसरकुकर बम फेला परेको छ। शनिबार बिहान पुलमा प्रेसर कुकर बम भेटिएपछि डिस्पोजलका लागि चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिसपोजल टोली घटनास्थल तर्फ गइरहेको प्रहरीले जनाएको छ।

बम कसले र के प्रायोजनको लागि लागि राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी सिरहाका प्रवक्ता डिएसपी सालिग्राम शर्माका अनुसार अहिले पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्