एनसीसी बैंकको सञ्चालकमा पुर्वमन्त्री बस्नेत सहित ६ जना चयन

  • 13
    Shares
लोकपाटी न्यूज

काठमाडैं। नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको बार्षिक साधारणसभाले लाभांश पारित गरेको छ। बैंकको सभाले १०.२६ प्रतिशत बोनस सेयर र जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सभाबाट संस्थापक समूहबाट तीन र सर्वसाधारणबाट एक जना महिलासहित तीन सञ्चालक चयन गरेको छ। सञ्चालक चयनपछि बसेको बैठकले उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ।

न्यौपाने, मोहनबहादुर बस्नेत, इमानसिंह लामा, चन्द्रप्रसाद बास्तोला, सुमनकुमारी जोशी र निशेष प्रधान सञ्चालक चयन भएका छन्। बस्नेत पूर्व मन्त्रीसमेत हुन्। बोनस सेयरपछि चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्