खरकट्टीताल समुदायिक वनको अध्यक्षमा पंगेनी चयन

pic
  • 12
    Shares
लोकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी, १० माघ। पश्चिम नवलपरासीको सुनवलस्थित खरकट्टीताल समुदायिक वनको दोस्रो साधारण सभा सम्पन्न भएको छ। दोस्रो साधारण सभाले कार्यवाहक अध्यक्ष वालकृष्ण पंगेनीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ। त्यस्तै उपाध्यक्षमा गंगा पूर्जा पुन, सचिवमा वासुदेव पराजुली र कोषाध्यक्षमा शारदा रुचाल सर्वसम्मतीमा चयन भएका निर्वाचन मण्डलका संयोजक खेमराज ढकालले जानकारी दिए।

त्यसैगरी सदस्यहरुमा धन वहादुर वराल, हर्ष राना, पार्वती अधिकारी पुन, रिता कुमाल र भगवती कामु मगर चयन भएका छन्। त्यसैगरी टेक वहादुर पुनको संयोजकत्व रहेको लेखा समिति पनि सर्वसम्मत रुपमा चयन भएको छ। जसको सदस्यमा खगेश्वर ढकाल र श्याम कुमारी पुन चयन भएका निर्वाचन मण्डलका संयोजक ढकालले जानकारी दिए।

कार्यक्रमको उद्घाटन शत्रलाई सम्वोधन गर्दै प्रमुख अतिथि तथा सुनवल नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष विर वहादुर गुरुङले सामुदायिक वनको संरक्षणमा स्थानीयहरुको महत्वपूर्ण भूमिका हुने बताए।

त्यसैगरी जिल्ला सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासीका उपाध्यक्ष दिलिप चापागाईले सामुदायिक वनहरु सामुदायिक वनको निति नियम र मर्म अनुरुप चल्नुपर्नेमा जोड दिँदै आवश्यक सहजीकरण गर्न जिल्ला महासंघ तयार रहेको बताए। कार्यक्रममा सुनवल नगरपालिका कार्यापालिका सदस्य दशरथ कुमाल, सव डिभिजन वन कार्यालय अमरौठका मेघनाथ काफ्ले, डिल्लीसरा पुन लगायतले मन्तव्य राखेका थिए। कार्यक्रम वालकृष्ण पंगेनीको अध्यक्षता साथै वासुदेव पराजुलीको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्