केपी ओलीलाई थप कारवाही गर्न नेकपाको बैठक बस्दै

Oli-Prachanda-Nepal
  • 27
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्न भोलि आइतवार नेकपा प्रचण्ड-नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा आइतवार दिउँसो साढे १२ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्।

पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा ओलीलाई स्पष्टीकरण सोधिएकोमा जवाफ नआएकाले भोलिको बैठकबाट साधारण सदस्य समेत नरहने गरी कारवाहीको निर्णय हुने नेकपा स्रोतले जनाएको छ। यसअघि अध्यक्ष माधवकुमार नेपालले समेत ओलीलाई कारवाही गर्न लागिएको जानकारी सार्वजनिक कार्यक्रममै दिइसकेका छन्।

प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई मनोनित गरेको थियो। भोलिको बैठकमा संसद विघटनविरुद्ध भइरहेको आन्दोलन, अन्य दलसँगको सहकार्य र थप आन्दोलनका कार्यक्रमबारे समेत छलफल हुने नेकपा स्रोतले जनाएको छ।