कुलप्याडको दुइ मोवाइल सार्वजनिक, यस्ता छन् विशेषता

  • 7
    Shares
लोकपाटी न्यूज

काठमाडौं। चिनियाँ ब्राण्ड कुलप्याडले नेपाली बजारमा हालै दुई नयाँ मोडल सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक वितरक एसडी इन्टरनेशनल प्रालिले ‘कुल १०’ र ‘कुल एस’ मोडलका स्मार्टफोन बजारमा ल्याएको हो ।

कुल प्याडको ‘कुल १०’ मा ६‍.५२ इन्चको वाटरड्रप नोच डिस्प्ले डिजाइन रहेको छ भने फोनमा फोटोग्राफीको लागि १६ मेगापिक्सेलको मुख्य क्यामेरा, ०.३ मेगापिक्सेल प्लस ०.३ मेगापिक्सेलको रियर क्यामरासहित डुअल एआई क्यामरा रहेको छ।

सेल्फीका लागि ८ मेगापिक्सेलको एआई क्यामरा राखिएको छ । फोनमा पावर दिनका लागि शक्तिशाली ५,००० एमएएच ब्याट्री प्याक रहेको छ भने यसमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट र फेस अनलक फिचरहरु रहेका छन्। ‘कुल १०’ स्मार्टफोनमा हेलियो पी६० प्रोसेसरका साथमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज अप्सन रहेको छ । यो फोनको बजार मूल्य १६,५९५ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी अर्को स्मार्टफोन ‘कुल एस’ स्मार्टफोनमा ६.५२ इन्चको कर्नर पन्चहोल फुलएचडी प्लस डिस्प्ले डिजाइन रहेको छ भने फोटोग्राफीको लागि ४८ मेगापिक्सेलको क्वाड क्यामरा सेटअप रहेको छ । फोनमा मुख्य क्यामरा ४८ मेगापिक्सेलका साथमा २५ मेगापिक्सेल प्लस २ मेगापिक्सेल तथा ५ मेगापिक्सेलको म्याक्रो क्यामरा रहेको छ । यसको रियर क्यामराले स्लोमो समेत खिच्न सकिनेछ।

फोनमा पावर दिनका लागि शक्तिशाली ५,००० एमएएच ब्याट्री प्याक रहेको छ भने यसमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट, फेस अनलक, ब्लूटूथ, यूएसबी टाइप सी, एनएफसीलगायतका फिचरहरु रहेका छन्।

‘कुल एस’ स्मार्टफोनमा हेलियो पी६० प्रोसेसरका साथमा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज अप्सन रहेको छ। यो फोनको बजार मूल्य २२,५९५ रुपैयाँ तोकिएको छ। यी दुवै स्मार्टफोनहरु एन्ड्रोइड १० अपरेटिङ सिस्टममा आधारित छन्। कुलप्याडले छिट्टै नै यी दुवै मोडलका अन्य भेरियन्टहरु समेत सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

कम्पनीले देशभर आफ्ना ३५ वितरकमार्फत कुलप्याड मोबाइल फोन बिक्री गरिरहेको छ भने ग्राहकरुलाई बिक्रीपछिको सेवाका लागि देशभर ४० भन्दा बढी स्थानमा सर्भिस सेन्टरहरुमार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्