प्रधानमन्त्री ओलीको शब्दकोष : बैगुनी केटोदेखि तमासा देखाउने बाजेसम्म

KP_Oli_PM
  • 97
    Shares
लोकपाटी न्यूज

काठमाडौं। आइतबारको नयाँ पत्रिका दैनिकले ‘प्रधानमन्त्रीको अभिमानः सबैलाई अपमान’ शीर्षकमा समाचार छापेको छ।

समाचारमा भनिएको छ- पूर्वप्रधानन्यायाधीशलाई अज्ञासु, अधिवक्तालाई दुर्मुखा, वरिष्ठ अधिवक्तालाई तमासा देखाउने बाजे, बुद्धीजीवीलाई झुण्ड, मन्त्रिपरिषद्का पूर्वसहकर्मीलाई बैगुनी केटो, पार्टीका नेताहरुलाई हुल्ल्डबाज भन्ने प्रधानमन्त्रीले पत्रकारलाई तर्क जान्छ भनेका छन्।

पत्रकारलाई सम्मान र संस्कारको पाठ पढाउने प्रधानमन्त्रीले आफूसँग असहमतको विषयमा टिप्पणी गर्दा मर्यादाका सारा सीमा नाघ्दै आएको टिप्पणी पत्रिकाले गरेको छ। प्रधानमन्त्रीले मुख्य अपमान संविधानमाथि गरेको पनि समाचारमा छापिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्