उत्तर कोरियाको ‘शैन्य शक्ति’ प्रदर्शन

Kim Jong un
  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौं। उत्तर कोरियाले हालै गरेको सैन्य प्रदर्शनमा पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र देखाएको छ। उसले यसलाई संसारको सबैभन्दा शक्तिशाली हतियार भनेको छ।

उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको थियो। सरकारी सञ्चारमाध्यमले त्यसलाई संसारकै सबैभन्दा शक्तिशाली अस्त्रू भनेर वर्णन गरेका छन्।

सरकारी सञ्चारमाध्यमका अनुसार प्योङयाङमा सैनिक परेडका क्रममा थुप्रै क्षेप्यास्त्रहरू प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जङ्ग-अनले अवलोकन गरेका थिए।

त्यसअघि एउटा विरल राजनीतिक बैठकमा नेता किमले संयुक्त राज्य अमेरिका उत्तर कोरियाको प्रधान शत्रुू भएको बताएका थिए। बीबीसी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्