काठमाडौं। प्रधानमन्त्री (पिएम) कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज समूह ‘बि’ का दुई खेल हुँदैछन्।
मूलपानी क्रिकेट मैदानमा बागमती प्रदेशले लुम्बिनी प्रदेशको सामना गर्दैछ। समूह ‘बि’ मा ३ खेलबाट ६ अंक जोडेको बागमती शीर्ष स्थानमा रहेको छ। आजको खेल जितेको खण्डमा ऊ समूह विजेताको रुपमा सेमीफाईनलमा पुग्नेछ।
३ खेलबाट ४ अंक जोडेको लुम्बिनीलाई भने सेमीफाइनलमा स्थान पक्का गर्न आज ठूलो अन्तरले जित्नुपर्ने दबाब छ।
आजै कीर्तिपुर मैदानमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशसँगै खेल्दैछ। यी दुबै टोली समूह चरणबाटै बाहिरिने निश्चित भइसकेकोले आजको खेल प्रतिष्ठाको लडाईं मात्रै बनेको छ।