चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउनेछः भट्टराई

Baburam-Bhattarai
  • 123
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावले झन् दुर्घटना ल्याउने बताएका छन्। डा. भट्टराईले आइतबार समाजिक सञ्जालमा लेखेका छन्, ‘ओली प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ। पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउनेछ।’

प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ मा निर्वाचन घोषणा गरेका छन्। साथै उनले उनले विगतका राजनीतिक घटनाक्रमसमेत याद गर्न भनेका छन्। उनले ०१४ सालमा संविधान सभाको निर्वाचन सट्टा ततकालीन राजा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जॉदा बीपी कोइरालाले धोका खाएको भन्दै २०१६ पछिका तुलसी गिरी र केशरजंग रायमाझी नबन्न समेत सचेत बनाएका छन्।

‘२०१४ सालमा संविधान सभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जाँदा बिपीले खाएको धोका नबिर्सौं।२०१७ पछिका तुलसी गिरी, केशरजंग नबनौं!,’ उनले भनेका छन्।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरेपछि जनता समाजवादी पार्टी सडक संघर्षमा उत्रिएको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई भट्टराईले प्रतिगमन भनेका छन्।