महालक्ष्मी लाइफ इन्स्यारेन्सको आइपीओ निस्काशनको तयारी

IPO
  • 72
    Shares
लोकपाटी न्यूज

काठमाडौं। महालक्ष्मी लाइफ इन्स्यारेन्सले साधारण सेयर (आईपीओ) निष्काशनका लागि तयारी शुरु गरेको छ। मुलुकको सबैभन्दा कान्छो बिमा कम्पनी महालक्ष्मीले आईपीओ जारी गर्ने प्रस्ताव आगामी साधारणसभामा लैजाने भएको हो। साधारणसभाले पारित गरेपछि आईपीओ निष्काशन प्रक्रिया शुरु हुनेछ।

कम्पनीले फागुन ३ गते सोमबार होटल र्याडिसनमा साधारणसभा बोलाएको छ। उक्ता साधारणसभामा ५ जना सञ्चालनको निर्वाचन समेत गर्नेछ। सोहि साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव समेत पारित गर्ने महालक्ष्मीले जानकारी दिएको छ।

नयाँ जीवन बिमा कम्पनीहरुले मध्ये रिलायन्स लाइफ इन्स्यारेन्स र प्रभु लाइफ इन्स्यारेन्सले आर्यपीओ जारी गरिसकेका छन्।बाँकी ८ वटा जीवन बिमा कम्पनीहरुले आईपीओ जारी गर्नुपर्नेछ। महालक्ष्मी लाइफ कान्छो बिमा कम्पनी भए पनि कम्पनीका सीईओ रमेशकुमार भट्टराई भने बिमा कम्पनीक सबैभन्दा पुराना सीईओ हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्