लक्ष्मी लघुवित्तकाे नाफा ९ करोड ४ लाख

  • 5
    Shares
लोकपाटी न्यूज

काठमाडौं। लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासमा रू ९ करोड ४ लाख नाफा कमाएको छ। गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधमिा कम्पनीको नाफा २७ प्रतिशत वृद्धि भएको हो। गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू ७ करोड ८ लाख नाफा कमाएको थियो। कम्पनीको चुक्तापूँजी रू ३२ करोड रहेको छ। जगेडा कोषमा रू २६ करोड ३३ लाख सञ्चित गरेको हो।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू ३ अर्ब २९ करोड २३ लाख सापटि लिएर, रू १ अर्ब ८७ करोड ८६ लाख निक्षेप संकलन गरेर रू ५ अर्ब ५० करोड २४ लाख कर्जा लगानी गरेको छ। सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू।५६ दशमलव ४९, मूल्य आम्दानी अनुपात २६ दशमलव ३८, तरलता अनुपात ६ दशमलव शून्य ९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू। १८२ दशमलव २८ रहेको छ।

कम्पनीले हालसम्ममा ७२ ओटा शाखा कार्यालयहरुबाट ८८ हजार ९१८ विपन्न वर्गलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ। कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र १६ प्रतिशत नगद लाभांश वितरण गरेको हो। कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्