नेपाल एग्रोले उठायो ७ करोड खराब कर्जा

  • 6
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतवार दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत वर्षभन्दा १२३ प्रतिशतले बढेको छ। गत वर्ष यो अवधिसम्म रू ६४ करोड १५ लाख खुद नाफा गरेको कम्पनीले यस वर्ष रू १ करोड ४३ लाख ३३ हजार यो नाफा गरेको छ।

रू ४ करोड ८० लाख ६८ हजार सञ्चालन घाटा व्यहोरेको यस कम्पनीले दोस्रो त्रैमाससम्म रू ७ करोड ५ लाख ९१ हजार खराब कर्जा उठाएकाले नाफा बढेको हो। गत वर्ष कम्पनीले रू ३३ लाख ८८ हजार मात्र खराब कर्जा उठाएको थियो। खराब कर्जा संकलन गतवर्षभन्दा यस वर्ष २१ गुणा बढी भएको हो। सम्भावित जोखिम शीर्षकमा यस वर्ष गत वर्षभन्दा १२ गुणा बढी रकम छुट्याउँदा कम्पनीले सञ्चालन घाटा व्यहोरेको हो। गत वर्ष दोस्रो त्रैमासमा कम्पनीले रू ६६ लाख ९३ हजार सञ्चालन नाफा गरेको थियो। गत वर्ष सम्भावित जोखिम शीर्षकमा रू। ५५ लाख ८२ हजार छुट्याएको कम्पनीले यस वर्ष उक्त शीर्षकमा रू ६ करोड ८९ लाख ८६ हजार छुट्याएको छ।

हाल कम्पनीको चुक्तापूँजी रू ५ करोड ७२ लाख ४४ हजार रहेको छ। जगेडा कोष रकम गत वर्षभन्दा १३९ प्रतिशत बढेर रू ३ करोड ७७ लाख ८५ हजार कायम भएको छ। यस वर्ष कम्पनीले रू २८ करोड ६७ लाख ३९ हजार निक्षेप संकलन गरेको छ भने रू। ८८ करोड ३९ लाख ३२ हजार कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन गतवर्षभन्दा यस वर्ष २४ दशमलव ४७ प्रतिशत र कर्जा प्रवा २७ प्रतिशत बढेको हो।

कम्पनीले यस वर्ष विभिन्न बैंक तथा वित्तीय संस्थाबाट रू ७५ करोड ९ लाख ७९ हजार कर्जा लिएको छ। गत वर्ष रू ५७ करोड ६५ लाख १४ हजार मात्र कर्जा लिएको थियो। गत वर्ष १ दशमलव ३३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष १ दशमलव ९० प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर आम्दानी रू ५० दशमलव शून्य ८ र प्रतिशेयर नेटवर्थ रू १६६ दशमलव शून्य ६ रहेको छ। हाल कम्पनीले १० जिल्लाहरुमा २६ शाखा कार्यालयमार्फत २० हजार ४८१ विपन्न परिवारमा सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्