अच्युत दाहालको ‘बन्द बाकस’ (कविता)

Achut dahal
  • 449
    Shares
लोकपाटी न्यूज

देश ग्रस्त छ,
नेता मस्त छन्,
न भ्रष्टचार घट्छ,
न त बेरोजगारी समस्या,
नातावाद,कृपावाद र चाप्लुसीले खायो,
सक्यो।।।देश जनहरु अलमलमा छन्।

घरको अवस्था दयनिय बन्दैछ,
छोरा-छोरी बढ्दैछन्,
महंङ्गि संगै खर्च बढ्दैछ,
बाबुलाई इन्सुलिन चाहिन्छ,
आमालाई डायालिसिस,
स्कुल फिस बढेको बढ्यै छ,
मालिकले तलब बढाउँदैन,
उसैको को दुःख सुनाएरै,
झन दुःखि बनाईदिन्छ।

आमाको काख,
बाबुको छानो,
स्वास्नीको न्यानो अँगालो,
छाडी बालखः लाई काखबाट,
फुत्त फ्याँकेर,
छोरो विदेशीन्छ,
सपना खोज्न,
नानीको भविष्यको जोगाड गर्न,
आमाको उपचार किन्न,
बाबुको ईन्सुलिन खोज्न,
गह्रौं मन लिएर।।।।।।।

दुई चार दिन त ठिकै थियो,
।।।। राम्रै चल्यो,
अनि फेरि अचानक,
खबर आयो छोराको,
आँउदैछ रे घर अब,
परिवारमा केही खुशी छायो,
शंका पनि सङ्गै पलायो,
सबै बाटो कुराईमा लागे,
केहि तयारी पनि भो घरमा।

अफसोच!
छोरा त आयो,
तर!
बाबुको ईन्सुलिन लिएर हैन,
आमाको उपचार लिएर हैन,
छोरा-छोरीको भविष्य लिएर हैन,
स्वास्नीको सपना लिएर हैन,
तर आफै सपना बनेर,
आत्मा छोडेर,
घरमा त बन्द बाकस मा पो आयो,
निर्जिव शरिर लिएर,
घर लथालिङ बनाएर।।।।।।

बन्द बाकसमा,
उपचार खोजिरहिन आमा,
ईन्सुलिन खोजिरह्यो बाबु,
भविष्य खोजिरहे छोरा-छोरी,
सपना खोजिरहिन स्वास्नी,
उ तमाम समाज लाई मलामी,
बनाएर सुतिरह्यो बन्द बाकसमा,
निदाइ रह्यो,
बन्द बाकसमा।।।।।।।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्