एक महिलालाई देखियो ३१ पटक कोरोना पोजिटिभ !

corona_test
  • 15
    Shares
लोकपाटी न्यूज

एजेन्सी। एक व्यक्तिलाई वर्षमा कति पटक कोरोना होला अनुमान गर्न सकिदैन। एक पटक कोरोना भयो भने फेरि हुने चान्स निकै कम हुने स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन्। तर भारतमा एक महिलामा ५ महिनामा ३१ पटक कोरोना पोजेटिभ देखिएको छ।

राजस्थानको भरतपुर की एक ३५ वर्षीय महिलाको पछिल्लो पाँच महिनामा कोरोना भाइरसको परीक्षण गराउँदा ३१ पटक कोरोना पोजेटिभ पाइएको हो। यो डाक्टरका लागि समेत एक चुनौती बनेको छ।

महिला जहाँ बस्छिन त्यहाँका अधिकारीले समेत बताएका छन्, १७ पटक पीसीआर परीक्षण र १४ पटर्क यापिड एन्टिजोन परीक्षण गर्दा पनि महिलामा कोरोना पोजेटिभ देखिएको छ। महिलाको पहिलो परीक्षण ६ सेप्टेम्बर र पछिल्लो परीक्षण ७ जनवरीमा गरिएको छ। हरेक पटकको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकहरुसमेत हैरान र भ्रमित भएका छन्।

शारदा देवी पछिल्लो साल अगस्टदेखि भरतपुरको एक आश्रममा बसिरहेकी छिन्। आश्रममा नयाँ आएको भन्दै सेप्टेम्बरमा उनमा कोरोना पोजेटिभ परीक्षण गरिएको थियो। जसमा उनमा कोरोना पोजेटिभ देखियो । त्यो बेलादेखि उनी कवारेन्टाइन्मा बसिरहेकी छिन्।

उनलाई होमियोप्याथिक, एलोप्याथिक र आर्युवेद तीनै प्रकारका औषधि दिइराखिएको छ। तर पनि उनको परीक्षण गर्दा हरेक पटक कोरोना पोजेटिभ देखिएको छ। डाक्टर बीएम भारद्धाजका अनुसार कोरोना पोजेटिभ देखिएपनि उनी स्वस्थ छिन् र उनको ७ ८ किलो तौल समेत बढेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्