हो ! किर्तेप्रसाद ओली बहुप्रतिभाशाली छन्

suman devkota
  • 537
    Shares
लोकपाटी न्यूज

-सुमन देवकोटा

डाक्टर भेटे, डाक्टर बन्छन्
अपांग भेटे, अपांग बन्छन्
कलाकार भेटे, कलाकार बन्छन्
संगीतकारको अघि बाजा बजाउँछन्
शिक्षक भेटे तिनैलाई पढाउँछ्न्
साहित्यमा उनी कवितासहित सबै विधा सम्हाल्छन्
वैद्यलाई उनी बेसार बेच्छन्

 

हो उनी विलक्षण नै छन्।
मार्क्सवाद पढ्छन्, गोर्भाचोव बन्छन्
लेनिनवाद पढ्छन्, स्टालिन बन्छन्
लोकतन्त्र पढ्छन्, अपहरण गराउँछन्
जनमत भन्दै, संविधान च्यात्छन्

 

अहो कति बहुरुपी छन् उनी ।
राज्यको सम्पत्ति, साहुलाई बाँड्छन्
भ्रष्टाचार सहन्नन्, काँधमा बोक्छन्
मजदुर किसानको चित्कारमा बाँसुरी फुक्छन्
राष्ट्रवाद बोक्छ्न्, महाकाली बुझाउँछन्

 

यस्ता विलक्षण बहुरुपी नेतालाई तपाईं सलाम गर्नुहुन्न ?
स्वीकार्नुस् मेरो माझी औंलाको सलाम !!

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्