प्रचण्ड-नेपाल समूह रुपन्देहीको प्रचार समिति गठन

Communist Party Nekapa
  • 57
    Shares
लोकपाटी न्यूज

अस्मिना पाण्डे/बुटवल, १३ माघ। अग्रज पत्रकार सिद्धिचरण भट्टराईको संयोजकत्वमा रुपन्देहीमा नेकपा प्रचण्ड- नेपाल समूहले ५१ सदस्यीय जिल्लास्तरिय प्रचार समिति गठन गरेको छ।

समितिको सहसंयोजकमा प्रेस संगठन नेपालका पूर्वअध्यक्ष भुवन कार्की र सचिवमा गुनाराम घिमिरे चयन भएका छन्।

यसैगरि सचिवालय सदस्यहरुमा यानेन्द्र जिसि, रुद्रहरि कुँवर, विपि गौतम, ओम पंगेनी, कमल रायमाझी, नरेश केसी, दिवाकर पन्थी र सरु राना चयन भएका छन्।

यसैगरि जिल्लाको सबै निर्वाचन क्षेत्रमा अलग प्रचार समिति पनि गठन गरिएको छ। क्षेत्र नम्बर १ मा टंक सुनार संयोजक तथा पशुपति यादव र दिपक न्यौपाने सहसंयोजक रहेको ७ सदस्यीय प्रचार समिति गठन भएको गरिएको छ।

क्षेत्र नम्बर २ मा मोहन न्यौपाने सहसंयोजकत्वमा ७ सदस्यीय प्रचार समिति, क्षेत्र नम्बर ३ मा शंकर प्रसाद पाण्डे संयोजक तथा माधव न्यौपाने र रबिन्द्र गुप्ता सहसंयोजक रहेको ११ सदस्यिय समिति गठन भएको छ।

यसैगरि क्षेत्र नम्बर ४ मा राजकुमार धवल संयोजक र अस्लम खान सहसंयोजक तथा क्षेत्र नम्वर ५ मा बिन्दुकुमार चौहान संयोजक रहनेगरि प्रचार समिति गठन गरेको प्रचार प्रसार समितिको सचिव गुनाराम घिमिरेले बताए।

यसैबिच प्रचार समितिको आयोजनामा माघ १३ गते रुपन्देहीका सबै मिडियाका सम्पादक, लेखक तथा अग्रज पत्रकारहरुबिच संसद पुनरस्थापनाको बिषयमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्