नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु

bhansar-Diwas
  • 9
    Shares
लोकपाटी न्यूज

काठमाडौं। भन्सार विभागले व्यापारिक प्रक्रिया एकै ठाउँमा सहजै हुने गरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गरेको छ। विभागले अन्तराष्ट्रिय व्यापार, भन्सार जाँचपास तथा भन्सार प्रक्रियामा सरलीकरण गर्ने उद्देश्यले ६९ औं भन्सार दिवसको अवसरमा प्रणालीको सुरुवात गरेको हो।

अर्थमन्त्री विष्णु पौडेलले प्रणालीको सुरुवात गर्दै भन्सारलाई अझै प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताए। मन्त्री पौडेलले निजी क्षेत्र र भन्सार एकै सिक्काको २ पाटा रहेको उल्लेख गर्दै न्यून बिजकीकरण र राजस्व चुहावट व्यवस्थापनमा निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताए।

कार्यक्रममा वाणिज्य सचिव वैकुण्ठ अर्यालले एकिकृत जाँच चौकीमा भएको पूर्वाधार अभाव छिट्टै नै पूर्ति गर्दै लैजाने भन्दै भैरहवा र नेपालगन्जमा पनि एकिकृत जाँच चौकी सुरु गर्र्न लागेको जानकारी दिए। सरकारले भैरहवा र विराटनगरसम्म रेल ल्याउन सम्झौता गरेको अर्यालले बताए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोेल्छाले भन्सारमा अझै पनि पूर्वाधार, प्रविधि र पारदर्शितामा ध्यान दिनुपर्ने बताका थिए। भन्सारमा सामान पास गर्न अझै पनि समय लाग्ने गरेको भन्दै उनले भन्सार पूर्वाधार विकासका साथै आईसीपी व्यवस्थित गरी खर्च र समय घटाउन आग्रह गरे। विभागले सुरु गरेको नेपाल राष्ट्रिय एकद्वार प्रणालीले अन्तराष्ट्रिय व्यापारमा सहयोग पुग्ने विभागले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्