ज्योति विकासको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव

  • 11
    Shares
लोकपाटी न्यूज

काठमाडौं। ज्याति विकास बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा रू। १५ करोड ७५ लाख ३४ हजार पुगेको छ। कम्पनीले कमाएको मुनाफाबाट एनएफरआरएस प्रणाली अनुसार विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू। ३० करोड ५५ लाख ९९ हजार नाफा कमाएको छ।

गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नाफा ८ दशमलव ८ प्रतिशत वृद्धि भएको हो। गत आवको दोस्रो त्रैमासमा कम्पनीले २८ करोड ८ लाख ८ लाख ३४ हजार नाफा कमाएको थियो। चुक्तापूँजी  ३ अर्ब ४९ करोड ५२ लाख रहेको कम्पनीले जगेडा कोषमा  ८६ करोड ५९ लाख ५९ हजार र रिटेन्ड अर्निङमा  ५१ करोड ९ लाख ९ हजार सञ्चित गरेको हो । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १२ प्रतिशत कमी आएको छ ।

गत आवको दोस्रो त्रैमासमा कम्पनीले ७३ करोड ६९ लाख १ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर  ६४ करोड ८० लाख ८२ लाखमा सीमित भएको छ। प्रतिशेयर आम्दानी  १७ दशमलव ४९ वार्षिकीकरण, मूल्य आम्दानी अनुपात १२ दशमलव ८१, तरलता अनुपात २३ दशमलव ७५ प्रतिशत र प्रतिशेयर नेटवर्थ  १३९ दशमलव ३९ रहेको छ। कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले बुधवार साधारण सभा बोलाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्