खराब कर्जा संकलनमा बृद्धिसंगै आरम्भ चौतारी लघुवित्त नाफामा

  • 7
    Shares
लोकपाटी न्यूज

काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अुनसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २ दशमलव ३५ गुणा वृद्धि भएको हो। कम्पनीले गत आवको दोस्रो त्रैमासमा २ करोड ६५ लाख ३२ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधमिा वृद्धि भएर ६ करोड २४ लाख १४ हजार पुगेको छ। चालू आवको दोस्रो त्रैमासमा कम्पनीले १ करोडभन्दा बढी खराब कर्जा संकलन गरेको, खुद ब्याज आम्दानी वृद्धि भएकाले र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो।

गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ८५ प्रतिशत र सञ्चालन नाफा ११३ प्रतिशत वृद्धि भएको छ। चुक्तापूँजी २६ करोड ३४ लाख ४८ हजार रहेको कम्पनीले जगेडा कोषमा १३ करोड २० लाख सञ्चित गरेको छ। प्रतिशेयर आम्दानी ४७ दशमलव ३८ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात २२ दशमलव ७७ गुणा, तरलता अनुपात ४ दशमलव ५८ प्रतिशत र प्रतिशेयर नेटवर्थ १५० दशमलव १२ रहेको छ । आरम्भ लघुवित्त र चौतारी लघुवित्त एकआपसमा मर्ज भई बनेको आरम्भचौतारी लघुवित्त वित्तीय संस्थाले हालसम्ममा १०८ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्