माइतीघरमा प्रचण्ड-नेपाल समूहको धर्ना

pic
  • 75
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड(नेपाल समूहले माइतीघर मण्डलामा धर्ना दिएको छ। संसद विघटनको विरोधमा बुधबार प्रचण्ड–नेपाल समूहका विघटित प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले धर्ना दिएका हुन्।

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालले संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको बताइन्। समूहले संसद विघटनको विरोधमा शनिबारबाहेक माघ २१ गतेसम्म प्रत्येक दिन २ घण्टा धर्ना बस्ने कार्यक्रम तय गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्