काठमाडौं। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य फणिन्द्र दाहालको निधन भएको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद् एवं ताजाखबर साप्ताहिकका सम्पादक समेत रहेका दाहाल कलेजोसम्बन्धी रोगका कारण उपचारको क्रममा निधन भएको हो।
दाहालको बुधबार नै पशुपतिमा दाहसंस्कार गरिएको पत्रकार महासंघका महासचिव रमेश विष्टले जानकारी दिए।