काठमाडौं। सानिमा लार्ज क्याप फण्डको इकाईमा आवेदन दिने आज बिहीबार अन्तिम दिन रहेको छ। माघ ९ गतेदेखि विक्रीमा आएको सानिमा लार्ज क्याप फण्डले १ अर्ब बराबरको १० करोड इकाई कित्ता विक्री खुला गरेको हो।
यस इकाईमा बुधबारसम्ममा ६९ हजार ७४५ जनाले ९ करोड ७५ लाख ४ हजार २२० कित्ताको लागि आवेदन दिएका छन्। जुन मागभन्दा १ दशमलव १५ गुण बढी हुन आउँछ।
यो इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म खरीद गर्न सकिनेछ । सानिमा क्यापिटलले सञ्चालन गर्न लागेको यो योजना बन्दमुखी योजना हो। यो इकाई बाँडफँट भएको मितिले सात वर्षमा यो योजना परिपक्क हुनेछ।