‘सहिद तिमीलाई लालसलाम’ (कविता)

sahid
लोकपाटी न्यूज
0 Shares

गलामा फांसिको माला राखेर
गोलिले मुटु छियाछिया पार्दासमेत
रक्तपिपासु शासकको क्रुर यातना भित्र
जनमुक्ति खातिर हांस्दै बलि चढ्नेहरुलाइ सलाम।।

 

हजारौंको खुसिभित्र आफैलाई हराउंदै
लाखौंको ढुकढुकी बन्न सक्ने
इस्पातको मुटु भएका
फलामे ती बीरहरुलाई सलाम।।

 

उषाको रक्तिम लाली नउदाउंदा सम्म
मुक्तिको संग्राम शिखरको बाटोमा लैजान
निरन्तर लड्दै, बैरिका कपटी किल्लाहरु ध्वस्त पार्दै
स्वाधिनताका बिगुल फुक्नेलाई सलाम।।

 

दासताको बन्धनमा बांधिएका लाखौं अनुहारमा
खोसिएको खुसी र स्वतन्त्रता फिर्ता ल्याउन
दुस्मनका प्रलोभनलाई मात दिंदै
अबिचलित क्रान्तिकारीहरुलाई सलाम।।

 

हटाउंदै कालो रात, उज्यालो ल्याउन सक्ने
परिवर्तन र अग्रमनको बाटो देखाउनसक्ने
इतिहासमा अमर नाम लेखाउनसक्ने
सम्झिंदै श्रद्धाले शीर निहुरिने
स्वतन्त्रता सेनानी महान सहिदलाई सलाम।।

 

देबकी कार्की  (अनेरास्ववियू के.स)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्