सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको काम तिव्र पार्न विष्णुप्रसाद पौडेलको निर्देशन

Bishnu_Paudel
लोकपाटी न्यूज
0 Shares

काठमाण्डौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा सोमवार भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीलाई निर्देशन दिँदै अर्थमन्त्री पौडेलले भूमिहीनलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेकाले तत्काल पूर्णता दिन आग्रह गरे।

उनले वास्तविक भूमिहीनको लगत सङ्कलन सम्पन्न गर्दै मापदण्डभित्र परेकालाई जग्गाधनी पुर्जा उपलब्ध गराउन निर्देशन दिएको अर्थ मन्त्रालयले जनाएको छ । ‘स्रोत र जनशक्तिको अभाव हुन दिने छैनौंँ’, अर्थमन्त्री पौडेलले भने, ‘काम र परिणाम पनि त्यहीअनुसार आउने गरि काम गर्नुहोस् ।’

कार्यक्रममा आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले पालिकासँग पनि सहकार्य र समन्वय गर्दै काम गरिएको जानकारी दिँदै आफूहरूले १८ घण्टा खटेर काम गर्ने बताए। उनले आयोगका पदाधिकारीले अहिलेसम्म गरेको कार्य प्रगति र भावी लक्ष्य पनि प्रस्तुत गर्नुभएको थियो ।

आयोगका अनुसार ७४ जिल्लाका चार सय एक पालिकासँग भूमिहीन दलित, सुकुम्बासी र व्यवस्थित बसोबासी व्यवस्थापनका लागि समझदारी भइसकेको छ भने १४ पालिकामा लगत सङ्कलन जारी छ । आउँदो फागुनसम्ममा सा सय ५३ पालिकासँग समझदारी गरि एक सय पालिकाको लगत सङ्कलन सम्पन्न गरि कम्तीमा पाँच लाख परिवारको विवरण सङ्कलन गरिनेछ। यस्तै २०७८ साल असारसम्ममा कुल एक सय पालिकाको नाप जाँच गरि कम्तीमा ५० हजारलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्