केपी ओली निर्वाचित तानाशाह, संविधानका भक्षक : सुरेन्द्र बस्नेत

Surendra_Basnet
  • 583
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपाको प्रचण्ड–नेपाल निकट अनेरास्ववियूले आज देशभरका क्याम्पसअगाडि आधा घण्टा चक्का जाम गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको निर्णयलाई ‘प्रतिगमनकारी कदम’ भन्दै आन्दोलनरत अनेरास्ववियूले आज चक्काजामसहित विरोध प्रदर्शन गरेको हो।

बुधबार बिहान सानोठिमी क्याम्पसअगाडि चक्काजामपछि आयोजित विरोध कार्यक्रममा अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले असंवैधानिक ढंगले अवरुद्ध पारिएको संसद सुचारू नगरिँदासम्म आन्दोलन नरोकिने बताए। बस्नेतले भने, ‘‘निर्वाचित तानाशाहको रुप धारण गरेका ओली संविधानको भक्षक बन्दै गएका छन्।’

बस्नेतले प्रधानमन्त्री स्वयं आन्दोलन र जनप्रदर्शनमा उत्रिएको घटनालाई दुनियाँमा कहीँ नभएको जात्राको संज्ञा दिए। उनले भने, ‘‘सर्वत्र घेराबन्दीमा परेपछि अत्तालिएका ओली आफैं पञ्च¥यालीको शैलीमा सडक जनप्रदर्शनमा उत्रिएका छन्।’ प्रधानमन्त्री ओली राष्ट्रिय ढुकुटी रित्याएर पञ्चभेला गर्न लागेको बस्नेतले आरोप लगाए।

अनेरास्ववियूले उपत्यकाको आरआर, शंकरदेव, मिनभवन, सानोठिमी, अस्कल, किर्तिपुर, पशुपति, पाटन, ताहाचल, पुल्चोक, थापाथली, ग्रामीण आदर्श लगायतका कलेजअगाडि आधा घण्टा चक्काजाम र विरोध प्रदर्शन गरेको अनेरास्ववियूका नेता पवन कार्कीले जानकारी दिए।

146113099_1057192974802866_9003320686354460205_n

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्