मञ्जुश्रीको ऋणपत्रमा आवेदन दिने समयावधि थप

लोकपाटी न्यूज

काठमाडौं: आइतवारदेखि विक्री खुला भएको मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आवेदन दिने समयावधि थप भएको छ। वार्षिक ९ दशमलव ५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्रमा फागुन २ गतेसम्म आवेदन दिन सकिने भएको छ। कम्पनीले एक हजार अंकित मूल्यका ५० करोड बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। कुल ऋणपत्रमध्ये ३० करोड बराबरको ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी  २० करोड बराबरको २ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा विक्री गर्न लागेको हो।

उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीले निष्कासन गर्ने उक्त ऋणपत्रलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ। ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइएबिएल एस क्यापिटल लिमिटेड रहेको छ। आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि-आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्