७ फेब्रुअरीसम्म फेसबुक चलाउन प्रतिबन्ध

facebook-status
  • 17
    Shares
लोकपाटी न्यूज

म्यानमार। म्यानमारको सैनिक शासकले फेसबुक चलाउन रोक लगाएको छ। लोकतान्त्रिक सरकारलाई हटाएर सत्ता कब्जा गरेको म्यानमारको सैनिक शासकले फेब्रुअरी ७ सम्म फेसबुक चलाउन रोक लगाएको हो।

सोमवार भएको सैनिक ‘कू’पछि अधिकांश नागरिकले फेसबुककै माध्यमबाट आफ्नो विरोध दर्शाउने गरेका थिए। झन्डै साढे ५ करोड जनसंख्यामध्ये आधाले फेसबुक चलाउँछन् भने सैनिक ‘कू’विरुद्ध ऐक्यबद्धता जनाउन फेसबुक पेजै तयार पारिएको थियो।

कुनै महँगो मोबाइल डाटा प्रयोग गर्न नपरोस् भनेर फेसबुकले म्यानमारमा बिनाकुनै अतिरिक्त डाटा शुल्क यसलाई प्रयोग गर्ने अनुमति दिएको छ। फेसबुकले सैन्य शासकद्वारा लगाइएका प्रतिबन्धको पुष्टि गर्दै त्यहाँका अधिकारीहरूलाई सम्पर्क पुनःस्थापना गर्न आग्रह गरेको छ।