चितवन। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणलाई सहयोग जुटाउन शनिबार कलाकार र खेलाडीबीच क्रिकेट प्रतियोगिता सुरु भएको छ। आजै सम्पन्न हुने एक दिवसीय मैत्रीपूर्ण खेलको भरतपुर महानगर प्रमुख रेनु दाहालले ब्याटिड्ग र फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बलिङ गरेर उद्धाटन गरेका हुन्।
महानगर प्रमुख दाहालले महानगरले गौरबको आयोजना समयमै पूरा गर्न हर प्रकारको सहयोग गरिरहेकोे बताइन्। उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई सहयोग गर्न समेत आग्रह गरिन्।