कामना सेवाको ऋणपत्रको ऋणपत्रमा आवेदन दिने म्याद थप

लोकपाटी न्यूज

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले १००० प्रति ऋणपत्रका दरले १० लाख कित्ताले हुन आउँने १ अर्ब बराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ। बैंकले छिटोमा माघ २६ गते (आज) सम्म ऋणपत्रमा आवेदन दिने मिति तोकेको भएपनि प्रयाप्त आवेदन नपरेपछि आगामी फागुन ६ गते बैंकिङ्ग समयसम्म समय थप गरेको हो।

बैंकले ९ प्रतशित व्याजदरको १० वर्षे ऋणपत्र निष्कासन गरेको छ। बैकले जारी गरेको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्म दरखास्त दिन सकिने छ। १० लाख कित्तामध्ये ६ लाख कित्ता व्याक्तिगत तवरबाट विक्री गरिने छ भने बाँकी ४ लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्कासनबाट विक्री गरिनेछ। सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको ५ प्रतिशत पनि सर्वसाधारणका लागिनै निष्कासन गरिने बैंकले जनाएको छ।

ऋणपत्रको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्