नेतृ समिना हुसेनले छोडिन ओली समूह भन्छिन्, ‘प्रतिगमन विरुद्ध सक्रिय हुन्छु’

  • 147
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभा सदस्य तथा नेतृ समिना हुसेन प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा छोडेर प्रचण्ड र माधव नेपालले नेतृत्वको नेकपामा लागेकी छिन्। रौतहटकी हुसेन यसअघि ओली समूहको कार्यक्रमहरुमा सहभागी भएकी थिइन्।

हुसेनले मंगलबार अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतसँग भेट गरेकी छिन्। नेताहरुसँगको भेटपछि हुसेनले आफू प्रगितमन विरुद्धको आन्दोलनमा सक्रिय हुने बताइन्। हुसेनले विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओली गुटले विभिन्न भ्रम सृजना गरेर आफ्नो समूहको कार्यक्रममा सहभागी गराएको पनि उल्लेख गरेकी छिन्।

भनेकी छिन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले गैर संबैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन जस्तो प्रतिगमनकारी कदम चलाए पछि सिङ्गो राष्ट्र, संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा होमिएको छ। केपी ओलीगुटले विभिन्न भ्रम सिर्जना गरी म जस्ता कार्यकर्तालाई विभिन्न कार्यक्रममा सहभागी गराउने षड्यन्त्र गरिरहेका छन्।’

उनले प्रतिगमन विरुद्धको आन्दोलनमा उभिन अपिल समेत गरेकी छिन्। म सम्पूर्ण कार्यकर्ता, मुस्लिम समुदाय, मधेसी समुदाय, महिला र विशेष गरी प्रदेश नं २ र रौतहटबासी सम्पूर्ण श्रमजीवि जनताहरुमा निर्धक्कसँग सबै खाले भ्रम चिर्दै ओलीको असंबैधानिक, अलोकतान्त्रिक कदमका विरुद्धमा चालिएका आन्दोलनहरुमा सहभागी हुन र सत्ताको कुनै पनि प्रकारको प्रलोभनमा नफस्न हार्दिक अनुरोध गर्दछु।’