सुदिपले गरे समीक्षालाई मायाको इशारा (भिडियो)

pic 2
  • 11
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो समय एक पछि अर्को उत्कृष्ट गीत निकाल्दै आएका नेपाली सिनेमा जगतमा चर्चित चलचित्रका सह-निर्देशक सुदिप कुँवरको नयाँ गीत “मायाले इशारा“ बोलको गीत सार्वजनिक गरेका छन्।

आफ्नै शब्द संगीत रहेको गीतमा स्वयम आफू अनि पछिल्लो समय सांगीतिक क्षेत्रमा निकै रुचाएको आवाज समीक्षा अधिकारीको आवाजमा रहेको गीत दर्शक सामु लिएर आएका छन्।

चलचित्र क्षेत्रमा सह-निर्देशक गर्दै आएको र अहिले पछिल्लो समयमा आफ्नो एक पछि अर्को उत्कृष्ट गीतमा उनी आफैले निर्देशन गर्दै आएका छन भने उक्त गीतमा राम्जी लामिछानेले निर्देशन गरेका छन् भने भिडियोमा ओबी रायमाझी, अञ्जली अधिकारी, सुदिप कुँवर र समिक्षा अधिकारीलाई मुख्य भूमिकामा अभिनय गरेका छन भने गृवानी बस्नेत, नोना कार्की र मिराज अर्याललाई पनि देख्न सकिन्छ।

मानकृष्ण महर्जनले खिचेको भिडियोलाई दिर्घ खड्काले सम्पादन गरेका हुन भने राजेन्द्र मोक्तानले रंग संयोजन गरेका हुन्। गीतको भिडियो कुँवरको अफिसियल युट्युब च्यानल सुदिप कुँवर SUDIP KUNWAR बाट सार्वजनिक गरिएको छ। गीतमा समाबेश शब्दहरुसंगै संगीत पनि एकदम मन छुने छ।

यसभन्दा अगाडिको गीत मायालु जहिले रिसाउने सहकार्य गर्दै आएको समिक्षा र सुदिपको गीतले दर्शक श्रोताको मन जित्न सफल भएको थियो। यस गीतले पनि पहिले जस्तै दर्शक श्रोताको मन जित्ने कुँवरले विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्