किरण क्रियशनद्वारा ’जुनदिन तिमिलाई’ गीत सार्वजनिक (भिडियो)

pic
  • 10
    Shares
लोकपाटी न्यूज

काठमाडौं। ‛जुनदिन तिमिलाई’ देखे बोलको आधुनिक गीत सार्वजनिक भएको छ। प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतमा नेपाल आइडलको थर्ड रनरअप अस्मिता अधिकारीको सुमधुर आवाज रहेको छ।

गीतलाई किरण क्रियशनको आधिकारीक युट्युब च्यानलमार्फत् आइतबार सार्वजनिक गरिएको हो। यस गीतको शब्द गीतकार विपिन किरणले लेखेका हुन भने दीपक शर्माले संगित भरेका छन्। यस भिडियोमा किरण श्रेष्ठ र रेश्मा भण्डारीको अभिनय रहेको छ। उक्त गीतको भिडियो विनोद वमले सम्पादन तथा निर्देशन बि.के.ले गरेका हुन् भने सहायक निर्देशन शुभम भुजेलले गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्