प्रभु इन्स्योरेन्सको लााभांश घोषणा

लोकपाटी न्यूज

काठमाडौँ। प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को लागि लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतल हुन आउने १० करोड ५६ लाख २७ हजार ४ सय ८४ रुपैयाँ बराबरको बोनस शेयर र ०.५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार ३ सय ४१ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्