प्रधानन्यायाधीशले सोधे : यो केपी ओलीको सरकार कि नेकपाको ?

CholendraSamsher_jabara_Rana
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अधिवक्ता दीनमणि पोख्रेललाई अहिलेको सरकार कसको हो भनेर प्रश्न गरेका छन्। आइतबार संवैधानिक इजलासमा अधिवक्ता पोख्रेलले जवाफी बहस गरिरहेको बेला प्रधानन्यायाधीश राणाले सोधे, ‘अहिले सरकार केपी ओलीको कि नेकपाको ?’

जवाफमा अधिवक्ता पोख्रेलले सरकार नेकपाको भएको बताए। त्यसपछि इजलासबाट ७६ (१) को सरकारको विकल्पमा अर्को सरकार संसद्‌बाट बन्ने अवस्थाबारे प्रश्न गरिएको थियो। अधिवक्ता पोख्रेलले अदालतले संसदबाट सरकार बन्ने अवस्था हेर्ने विषय नभएको र संसदले निर्णय गर्ने विषय भएको बताए। उनले ओलीले सरकार चलाउन नसक्ने हो भने राजीनामा दिनु पर्ने र संसदीय दलबाट विकल्प खोज्नु पर्ने बताए।

‘श्रीमान्‌हरू अवस्था हेरिरहनुभएको छ। त्यो हामीले चिन्ता गर्ने विषय होइन। संसद्‌लाई निर्णय गर्न दिऊ,’ उनले भने, ‘संविधानले अवस्था कल्पना दिएन श्रीमान्। यो संविधानले प्रक्रियाबाट सरकार आउँदैन भन्ने पुष्टि हुनुपर्‍यो।’

उनले सरकार बन्न सक्थ्यो कि सक्दैनथ्यो भनेर अदालतले अनुमान गर्न नमिल्ने जनाफ दिए। यो संविधानले संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको उनको भनाइ थियो। त्यसअघि रिट निवेदककै पक्षबाटै विकास भट्टराईले बहस गरेका थिए। आइतबारबाट संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिलको जवाफी बहस सुरु भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्